८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा रसुवाका सन्तोषकाे मृत्यु

४ जेठ, काठमाडौँ । काठमाडौँको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार बेलुकी नेपालटारमा बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रसुवा घर भएका सन्तोष तामाङको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका तामाङको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार बेलुकी १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 18, 2021 at 10:11 am