प्राध्यापक राजेन्द्र सुवेदीको कोरोना संक्रमणबाट मृत्यु
३ जेठ, काठमाडाैँ । प्राध्यापक राजेन्द्र सुवेदीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एक साता अघिदेखि गंगालाल ह्दयरोग अस्पताल बाँसबारीमा उपचार गराइरहनुभएका सुवेदीको सोमबार बिहान निधन भएको हो । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो । मुटुको रोगसमेत रहेको उहाँमा १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
सुवेदे कोटेश्वर क्याम्पसका संस्थापक, क्याम्पस प्रमुख हुनुहुन्थ्यो भने त्रिविको मानवीकी संकायको डिन पनि हुनुभयो । उहाँ गोरखापत्र संस्थानको समेत पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ समालोचक समेत हुनुहुन्थ्यो ।
प्रकाशित मिति : May 17, 2021 at 9:14 am



