नेपाली कांग्रेस नुवाकोटको संस्थापक इज्जतनाथ पाण्डेको निधन
३ जेठ, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको संस्थापक इज्जतनाथ पाण्डेको निधन भएको छ । नुवाकोट कांग्रेसका सभापति जगदिश्वारनरसिंह केसीले सामाजिक सञ्जाल मार्फत संस्थापक पाण्डेको निधन भएको पुष्टि गर्नुभएको छ ।
उहाँको ८१ वर्षको उमेरमा निधन भएको हो । उहाँ प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो । बेल्कोटगढी नगरपालिका वडा नम्बर १३ को स्थायी बासिन्दा हुनुहुन्थ्यो ।
प्रकाशित मिति : May 17, 2021 at 8:57 am



