पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धि
२ जेठ, काठमाडाैँ । सरकारले पेट्रोलिय पदार्थमा फेरि मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
निगमले एक सूचना प्रकाशित गर्दै आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
प्रकाशित मिति : May 16, 2021 at 10:14 pm



