८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

त्रिशूली अस्पतालमा अझै आइसियु र एचडियु कक्ष थप गरिन्छः मन्त्री पाण्डे

२ जेठ, नुवाकोट । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्ड्ले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्री भएपछि पहिलो पटक आज गृहजिल्ला आउनुभएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अवस्थाबारे जानकारी लिँदै संक्रमितको उपचारमा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै सघन उपचार र एचडियु कक्ष थप गर्न प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

अस्पताल व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री पाण्डेलाई त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले संक्रमितको उपचारका क्रममा देखिएका समस्या त्था तत्कालै अपनाइनुपर्नेे रणनीतिबारे जानकारी गराउनुभएको थियो ।

त्रिशूली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङका संक्रमितको पनि उपचार हुँदै आएको छ । यसैबीच बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष हीरानाथ खतिवडाका अगुवाइमा अक्सिजनसहितको १९ थान सिलिण्डर अस्पताललाई आज हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : May 16, 2021 at 10:09 pm