८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

आइसाेलेसनमा रहँदा युगपुरूष प्रचण्ड नामक ग्रुपबाट श्रद्भाञ्जली दिएः नेता थापा

२ जेठ, काठमाडौँ नेकपा एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो आइसोलेसन अनुभव बाँड्नुभएको छ । उहाँले आइतबार समाजिक सञ्जाल मार्तफ आफू आइसोलेनमा रहँदा अपराधीहरूले श्रद्धाञ्जली दिनेसम्मको काम गरेको भन्दै प्रहरीको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ूयुगपुरूष प्रचण्डू नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ ’श्रद्धाञ्जलि‘ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।’

नेता थापाले अघि भन्नुभएको छ ‘बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटसजस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।’

प्रकाशित मिति : May 16, 2021 at 10:05 pm