८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नुवाकोटमा रक्तादाताहरूको गाडी प्रहरी नियन्त्रणमा

२ जेठ, नुवाकोट । नुवाकोटमा रक्तादाताहरूको गाडी प्रहरी नियन्त्रणमा परेको छ । ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू सवार गाडी प्रहरीले नियन्त्रणमा लिएर दूर्व्यवहार गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन ।

प्रहरीले प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिएको ब्ल्ड अन रिकोएस्ट इन नुवाकोटका सयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिनुभयो ।

नुवाकोट जिल्लामा लकडाउन जारी रहेको छ । जिल्लामा सुरक्षाको हिसाबले चेकजाँचमा तिब्रता दिनु प्रहरीको कर्तव्य हो तर जिल्लामा स्वास्थको क्षेत्रमा काम गरिरहेका सामाजिक ब्यक्तिहरुलाइ निराश बनाउने भन्दा प्रोत्साहित बनाउनु राम्रो हुने प्याकुरेलले बताउनुभयो ।

प्रकाशित मिति : May 16, 2021 at 9:52 pm