८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

त्रिशुली अस्पतालका कोरोना संक्रमितलाई नुवाकोट कांग्रेसले निःशुल्क खाना खुवाउने

२ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसले विभिन्न संस्थाहरूको समन्वयमा त्रिशुली अस्पतालमा रहेका कोरोना संक्रमितलाई निशुल्क खाना खुवाउने भएको छ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वारनरसिंह केसीले एउटा विज्ञप्ति जारी गर्दै यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्ट र ॐ आदि फाउन्डेसनसँग समन्वय गरेर निशुल्क खानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सभापति केसीले जारी गर्नुभएको प्रेस बिज्ञप्ति ।

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट र नेपाली कांग्रेस नुवाकोटको समन्वयमा शिक्षण अस्पताल माहाराजगंज र नुवाकोट त्रिशूली अस्पतालमा कोविडका बिरामीहरुलाइ खाना को ब्यबस्थापन ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोविडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा परेको समस्यालाई दृष्टिगत गरी नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पहल र समन्वयमा ॐ आदि फाउन्डेसन को तर्फबाट आज मिति २०७८ जेठ २ गते बिहानदेखि त्रिशूली अस्पताल भर्ना भई उपचारमा रहेका सबै कोविडका बिरामी र कोविडका बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको छ ।

यसका लागि तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खाना अस्पताल व्यवस्थापन मार्फत अस्पताल भित्रै रहेको क्यान्टिनमा तयार गरी खुवाउने र त्यसबापतको खर्च साप्ताहिक रूपमा भुक्तानी गरिँदै जानेछ । यसै गरी नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पहलमा ॐ आदि फाउन्डेसनले चार दिन देखि काठमाडौँ स्थित शिक्षण अस्पतालमा रहेका कोविडका बिरामी लाइ खानाको व्यवस्था गरेको छ ।

विपदको समयमा जहाँबाट जे सकिन्छ त्यही योगदान गर्ने हाम्रो अभियानमा सहकार्य गर्ने ॐ आदि फाउन्डेसन र यशोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टलाई धन्यवाद ! यस्तो महामारी को घडिमा सहयोग का लागि सबैमा नेपालि कांग्रेस नुवाकोट अपिल गर्दछ ।साथै नेका नुवाकोटको पार्टि कार्यलय लाइ आइसोलेसन वार्ड बनाउने यो भन्दा पहिले निर्णय भएको पनि अवगत गराउन चहान्छु।

प्रकाशित मिति : May 16, 2021 at 9:20 pm