काठमाडौँ उपत्यकामा थपिए २६०९ जना काेराेना संक्रमित
२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८८१ जना, ललितपुरमा ४३६ जना र भक्तपुरमा २९२ जना गरी २६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमका कारण नेपालमा थप १४५ जना मृत्यु भएको छ ।
प्रकाशित मिति : May 16, 2021 at 4:50 pm



