थप १४५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५ हजार नाघ्यो
२ जेठ, काठमाडौँ । काेराेना संक्रमका कारण नेपालमा थप १४५ जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभएकाे छ । योसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ५ हजार १ पुगेको गौतमले जानकारी दिनुभयाे । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : May 16, 2021 at 4:39 pm



