पत्रकार महासंघको आइसोलेसनलाई केन्द्रीय सदस्य रावलले दिए दुई सिलिन्डर अक्सिजन
२ जेठ, काठमाडाैँ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुबकुमार रावलले महासंघको केन्द्रीय कार्यालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरलाई २ वटा अक्सिजन सहितको सिलिन्डर प्रदान गर्नुभएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट पत्रकार संक्रमित हुने क्रम बढ्दो रहेको छ । हालसम्म कोरोनो संक्रमणबाट १३ जना पत्रकारको ज्यान गइसकेको र झन्डै ८ सय पत्रकार संक्रमित भएका छन् ।
प्रकाशित मिति : May 16, 2021 at 3:30 pm



