वरिष्ठ गीतकार एवं निर्देशक चेतन कार्कीको निधन
२ जेठ, काठमाडौंँ । गीतकार तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । कार्कीका दुई छोरा र श्रीमती छन् । उनको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। सैनिक पृष्ठभूमि भएको परिवारमा जन्मेका उनले भारतको देहरादुनमा पढे। । कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा लगायत चलचित्रमा निर्देशन गरेका छन् । साथै उनले ‘तिजको लहर आयो बरिलै…’, ‘कलिलो तामालाई सोधे रामालाई..’ जस्ता लोकप्रिय गीत समेत रचना गरेका छन् । उनी लेखक तथा साहित्यकार पनि थिए ।
प्रकाशित मिति : May 16, 2021 at 1:05 pm



