८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन

२ जेठ, विराटनगर । नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन भएको छ । अनेरास्ववियुका पूर्व नेता समेत रहनुभएका नवराज शंकरको आइतबार बिहान उपचारका क्रममा विराटनगरमा निधन भएको हो । उहाँ जिल्ला युवा समिति इलामको अध्यक्ष समेत रहनुभएको थियो । कोरोना संक्रमणपछि उहाँ केहीदिनदेखि अस्पतालमा उपचार गराइरहनुभएको थियो ।

प्रकाशित मिति : May 16, 2021 at 8:37 am