८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

नेपाल खेलकुद महासंघद्धारा ट्राफिक महाशाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

१ जेठ, काठमाडाैँ । नेपाल खेलकुद महासंघले नेपाल प्रहरीको ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

राष्ट्रिय अभियानका संयोजक समेत रहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव शान्तामाया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितिमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : May 15, 2021 at 11:00 pm