८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

प्रधानमन्त्रीलाई नमस्कार गरेको फोटो भाइरल भएपछि बोले घनश्याम भुसाल

१ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नमस्कार गरिरहेको फोटो भाइरल भएपछि मुख खोल्नुभएको छ । कतिपय गलत अर्थ लगाउँदै प्रधानमन्त्रीलाइ नमस्कार गर्न निहुरिएको भनेर टिप्पणी गरेपछि नेता भुसालले त्यसो नभइ उठ्दै गर्दा नै खिचिएको फोटो भएकाले त्यस्तो देखिएको बताउनुभएको छ ।

भुसालले भन्नुभएको छ ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरु पनि यस दौडमा देखिनु र त्यहॉ प्रधानमन्त्री कार्यालयका फोटोग्राफर बाहेक अरु कोहि नहुनु संयोगमात्र हो वा होइन थाहा भएन ।’

प्रकाशित मिति : May 15, 2021 at 8:50 pm