शनिबार मात्रै ५४८८ जना कोरोनामुक्त, निको हुनेको दर बढ्दै
१ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार मात्र ५४८८ जना कोरनामुक्त भएको जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ५४८८ जनाले कोरोना जितेको जानकारी दिँदै पछिल्लो दिनमा कोरोनामुक्त हुनेको दर बढेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण भएको छ ।
प्रकाशित मिति : May 15, 2021 at 6:05 pm



