८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

सुम्निमा तुलाधर अष्ट्रेलियाको राजदूतमा सिफारिस, अन्य १० देशमा सिफारिस यी हुन

१ जेठ, काठमाडाैँ । सरकारले बालअधिकारकर्मी सुम्निमा तुलाधरलाई अष्ट्रेलियाको राजदूतमामा सिफारिस गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भतिज पर्ने महेशराज दाहाललाई फिर्ता बोलाएपछि रिक्त रहेको पदमा तुलाधर सिफारिस हुनुभएको हो ।

यस्तै सरकारले अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि पनि राजदूत नियुक्ति गर्न सिफारिस गरेको छ । सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टको राजदूत बनाउन सिफारिस गरिएको छ ।

यस्तै श्रीलंकाका लागि प्राध्यापक रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, जंगबहादुर (जंगब) चौहानलाई रूसका लागि राजदूत सिफारिस गरिएको छ। पूर्वमन्त्री युवराज कार्कीलाई बहराइन, झापा आन्दोलनमा संलग्न नेता नारायणप्रसाद संग्रौलालाई बर्मा, पाल्पाका पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिल र झापाकी सुमित्रा सुवेदीलाई डेनमार्क, मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

प्रकाशित मिति : May 15, 2021 at 10:56 am