कोभिड संक्रमितको दाहसंस्कार गर्ने कर्मचारीलाई प्रति शव एक हजार प्रोत्साहन भत्ता
३१ वैशाख, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले कोभिड संक्रमितको दाहासंस्कार गर्ने कर्मचारीलाई प्रति शव एक हजार रूपैँया प्रोत्साहन भत्ता दिने निर्णय गर्नुभएको छ ।
शुक्रबार मन्त्रीमा पुनः नियुक्त भएपछि कोभिड संक्रमितको दाहासंस्कार गर्ने कर्मचारीलाई प्रति शव एक हजार रूपैँया प्रोत्साहन भत्ता दिने निर्णय गर्दै उहाँले पदभार ग्रहण गर्नु भएको मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमितको उचारदेखि ओसारपसारसम्ममा संलग्न सबैले जोखिम भत्ता पाउने भएका छन । यसअघि नै सरकारले अन्य कर्मचारीका लागि जोखिम भत्ता दिने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति : May 14, 2021 at 7:58 pm



