पछिल्लो २४ घण्टामा ८५२० कोरोना संक्रमित थपिए, २०३ जनाको मृत्यु
३१ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२० कोरोना संक्रमित थपिएका छन् । २१४७८ नमुना परीक्षणमा ८५२० जनामा काेराेना संक्रमण पुष्टि भएको हाे । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणबाट २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।
प्रकाशित मिति : May 14, 2021 at 6:06 pm



