मलिन मुद्रामा आँसु झार्नमात्रै नसकेकाे भन्दै नारायणकाजीमाथि सूर्य थापाको कठाेर व्यंग्य
३० वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ माथि कठोर व्यंग्य गर्नुभएको छ । समाजिक सञ्जाल फेसबुक मार्फत उहाँले श्रेष्ठ माथि व्यंग्य गर्नुभएको हो ।
उहाँले श्रेष्ठमाथि गर्नुभएको व्यंग्य यस्तो छ
नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ –
२०७७ बैशाख १७ र २० गते बालुवाटार,
अनि २०७८ बैशाख ३० गते
पेरिसडाँडा ।
एमालेकाे प्यूठान सम्पर्क मञ्च जत्राे आफ्नाे समुह मिसाएर नेकपा र नेकपा(एमाले) हुडल्न गरेका तमाम षड्यन्त्रकारी हर्कतहरू अब असफल मात्रै भएनन्, अस्थिरता झन् बढाउन सफल हुनै नसकेकाेमा मलिन मुद्रामा आँसु झार्नमात्रै नसकेकाे उनकाे भावभंगी संचारकर्मीहरूलाई प्रत्यक्ष देख्ने गज्जबकाे संयाेग मिल्याे !
गाई नपाली अरूकाे जर्सी सित्तैमा दुहेर मनग्गे दूध खाने बानी परेकाहरूकाे हविगत शायद यस्तै हुन्छ !!
अझ जनताकाे कष्टमा झुठाे र अतिरञ्जनापूर्ण वक्तव्यवाजीकाे नाैटंकी !!!
विचराकाे एक बर्षदेखिकाे फसलमा दुबै बैशाखमा आएकाे असिनाले सत्यनाश नै पा-याे। खाेई कुलेले कुराे बुझेकाे ?
प्रकाशित मिति : May 13, 2021 at 10:10 pm



