८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई जनाकाे मृत्यु

३० वैशाख, काठमाडाैँ । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो । यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : May 13, 2021 at 3:59 pm