८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतको प्रमुखमा तिर्थ शाही नियुक्त

२९ वैशाख, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयकाे आंगिक क्याम्पस ,विद्यापुर जनता बहुमुखी क्याम्पसको ,क्याम्पस प्रमुखमा तिर्थ शाही नियुक्त हुनुभएको छ। यसभन्दा पहिले क्याम्पस प्रमुख दिल्लीराम भण्डारी हुनुहुन्थ्यो। उहाँको कार्यकाल सकिएपछि क्याम्पस प्रमुखमा तिर्थ शाही नयाँ प्रमुखका रुपमा नियुक्त हुनुभएको हो।

नवनियुक्त क्याम्पस प्रमुख शाहीले आगामी दिनहरुमा क्याम्पसको शैक्षिकस्तर उन्नति र शिक्षाको विकासबारे सम्पुर्ण जेष्ठ नागरिक, अभिभावक, बौद्धिक ब्यक्तित्व लगायत सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ′मेरो बौद्धिक क्षमतालाई मध्यनजर गर्दै विद्यापुर बहुमुखी क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्ण अग्रज ब्यक्तित्वहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।मलाई विश्वासका साथ दिईएको यो जिम्मेवारीलाई आफुले ईमान्दारिताका साथ पालना गर्दै शैक्षिक क्षेत्रको उज्ज्वल भविष्य निर्माणमा ईमान्दारिताका साथ निरन्तर लागिपर्नेछु‘ ।

प्रकाशित मिति : May 12, 2021 at 6:44 pm