८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

नेकपा एमालेका नेता पशुपति चाैलागाईको कोरोना संक्रमणबाट निधन

२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चाैलागाइको निधन भएको छ । अहिले केहीबेरअघि उपचारका क्रममा उहाँको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार गराइरहनुभएका चाैलाईको निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा धर्मदत्त सुवेदीले पुष्टि गर्नुभयो । उहाँले बचाउनका लागि धेरै प्रयास गरे पनि सम्भव नभएको बताउनुभयो । चाैलागाइको फोक्सो खराब रहेको उहाँले बताउनुभयो ।

चाैलागाइ २०५६ सालमा दोलाखाबाट प्रतिनिधिभासमा निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा दोलाखाबाटै बागमती प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

चाैलागाईलाई गत मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँले सात दिनअघि सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण भएको र घरमै आराम गरिरहेको जानकारी दिनुभएको थियो । उहाँ केही दिनअघि अस्पताल जानुभएको थियो ।

प्रकाशित मिति : May 11, 2021 at 10:25 pm