८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

कोरोनामुक्त भएका एमाले नेता झलनाथ खनाल घर फर्किए

२८ वैशाख, काठमाडाैँ । नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोनामुक्त भएर घर फर्किनुभएको छ । उहाँ मंगलबार नर्भिक अस्पतालबाट घर फर्किनुभएको स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिनुभयो ।

कोभिड– १९ संक्रमित भएपछि खनाल गत १८ वैशाखमा अस्पताल भर्ना हुनुभएको थियो । खनाल स्वस्थ भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ । खनाल गत २६ वैशाखमा कोभिड– १९ संक्रमणमुक्त हुनुभएको थियो । स्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार खनाल मंगलबार घर फर्किनुभएको उहाँको उपचार डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह गरेको थियो ।

प्रकाशित मिति : May 11, 2021 at 8:19 pm