नुवाकोट प्रहरीले यसरी संकलन गर्यो अक्सिजन सिलिण्डर (फोटोफिचर)
२८ वैशाख, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले कोभिड(१९ को दोस्रो लहरको संक्रमण तिब्र गतिमा बढिरहेकोले संक्रमितहरुको उपचारको लागी आवश्यक पर्ने अक्सिजनको व्यवस्थापनका लागि विभिन्न उद्योगमा रहेका सिलिण्डर संकलन गरेर अक्सिजन भरी अस्पतालमा बुझाउने व्यवस्था मिलाएको छ ।
जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीको निर्देशनमा प्रहरी टोलीले विभिन्न उद्योगमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन उद्योगका लागि फिर्ता गरेको हो । प्रहरीले कसैले अक्सिजनको अभावमा जीवन गुमाउनु नपरोस भनेर अस्पतालका लागि सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : May 11, 2021 at 6:47 pm



