८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

२४ घण्टामा ५२२५ जना कोरोनामुक्त

२८ वैशाख, काठमाडाैँ । नेपालमा कोरोना संक्रमणले भयावह रूप लिइरहेको छ । अस्पतालहरूमा बिरामीको उपचार गर्न बेड छैन । यद्यपी कोरोना मुक्त हुनेको संख्या पनि बढीरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५२२५ जना कोरोनामुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामामात्रै २२५ जनाले ज्यान गुमाएका छन । यसअघि सोमबार १७९ जनाले ज्यान गुमाएका थिए । परीक्षण कम भएका कारण संक्रमितको संख्या कम देखिएको छ । यद्यपी दिनदिनै संक्रमितको संख्यामा पनि नयाँ नयाँ रेकर्ड बनिरहेको छ ।

प्रकाशित मिति : May 11, 2021 at 6:23 pm