८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

२८ वैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त हुनु भएकाे छ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत शाह कोरोना संक्रमणमुक्त हुनु भएका हाे । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ । यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

१८ दिनअघि अस्पताल भर्ना हुनुभएकाे भएकी पूर्वरानी शाहको केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उहालाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उहाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : May 11, 2021 at 3:00 pm