८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

काठमाडौँ उपत्यकामा थपियाे जेठ १३ गतेसम्म निषेधाज्ञा

२८ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञाको समय थपिने निर्णय गरिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । त्यस्तै, बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्न पनि रोक लगाएकाे छ र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने जनाएकाे छ ।

 

 

प्रकाशित मिति : May 11, 2021 at 2:04 pm