८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

कालीमाटी तरकारी तथा फलफूल बजार बन्द

२८ वैशाख, काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ । काेराेना संक्रमणकाे जाेखिमलाई ध्यान दिँदै  सरकारले जारी गरेकाे लकडाउन अवधिभरका खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय  गरेकाे कालीमाटी फलफल तथा तरकारी बजार बिकास समितिले जनाएकाे छ । कालीमाटी फलमूल तरकारी बजार बिकास समितिले सुचना जारी गर्दै लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको छ ।

कृषक बजार २८ गते देखि लागू हुने गरि बन्द गरिने, खुदा बजार ३० गते देखि लागू हुने गरि बन्द गरिने र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोवार जेठ १ गते देखिबन्द गरिने समितिले जनाएको छ । एक वटा थोक पसलमा अधिकतम २ जना मात्र वसी सामाजिक दुरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्ने निर्णय गरेकाे छ । साथै बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गरिने भएको छ । ठुला कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड होल्डिंग यार्डमा वसी कारोबार गर्न सक्नेछन् ।

 

प्रकाशित मिति : May 11, 2021 at 12:35 pm