८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

कोरोनाको नयाँ रेकर्डः २४ घण्टामा ९१२७ सक्रमित थपिँदा १३९ जनाले ज्यान गुमाए

२७ वैशाख, काठमाडाैँ । नेपालमा कोरोनाले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन कोरोना संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो ।

सोमबार नै मृत्युमा पनि कोरोनाले नयाँ रेकर्ड बनाएको छ । २४ घण्टामा १३९ जनाले ज्यान गुमाएका छन । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।

प्रकाशित मिति : May 10, 2021 at 7:57 pm