२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

गण्डकीमा जनमोर्चाकी पियारीद्धारा संसदीय दलको नेतालाई नै जानकारी नदिइ ह्वीप जारी

२७ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशको राष्ट्रिय जनमोर्चाकी सचेतक प्यारी थापाले संसदीय दलको नेतालाइ समेत जानकारी नदिइ कांग्रेसलाइ मत दिन ह्वीप जारी गर्नुभएको छ । गण्डकमी प्रदेशको प्रदेशसभामा तीन सांसद रहेको जनमोर्चाका दुइ सांसद कांग्रेस नेतृत्वको सरकारको विपक्षमा रहँदै आउनुभएको छ।

सचेतक थापाले दलका नेता कृष्ण थापालाइ जानकारी नदिइ थापा समेत नामै काढेर ह्वीप जारी गर्नुभएको छ । सोबारे जिज्ञाशा राख्दा नेता थापाले आफूलाइ कुनै जानकारी नभएको र दलभित्र यसबारेमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँले भोलि बिहान दलको बैठक बसेर निर्णय गरिने पनि जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : May 10, 2021 at 5:41 pm