९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

महन्थ ठाकुरले ओलीको प्रशंशा गरिरहेको समयमा सभामुखले माइक काटिदिए

२७ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा सम्बोधन गरिरहेको समयमा सभामुख सापकोटाले माइक काटिदिनुभएको छ । ठाकुरले सम्बोधनमा प्रधानमन्त्रीको प्रशांसा गरिरहेको समयमा समामुखले माइक काटिदिनुभएको हो । २० सेकेण्डपछि उहाँको माइक जोडिएको थियो ।

ठाकुरले विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयको पक्ष र विपक्ष दुबैमा मत नदिइ तठस्थ रहने जानकारी गराउनुभयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट गर्नुभयो ।

प्रकाशित मिति : May 10, 2021 at 3:48 pm