वार्ताका लागि पुगेका नेम्वाङ र पाैडेलसँग माधव नेपालले सामाजिक दूरीसहितको फोटो खिचाए
२६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको म्यान्डेट लिएर वार्ताका लागि संघीय संसद सचिवालय सिंहदरबारमा पुग्नुभएका एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेलसँग साँसदबाट राजिनामाका लागि तयार भएर बस्नुभएका माधवकुमार नेपालले एउटा सामाजिक दूरीसहितको तस्बीर कैद गर्नुभएको छ ।
तस्बीरमा तीनै नेताले क्यामरातिर हेरिरहनुभएको छ । उहाँले मुखमा लगाएको मास्क समेत नखोली तस्बीर खिचाउनुभएको हो । नेम्वाङ र पौडेलले नेता नेपाललाइ प्रधानमन्त्री ओलीको सन्देश सुनाएर अन्तिम पटक सम्झाउने प्रयास गर्दै हुनुहुन्छ ।

शनिबार साँझ माधव समहूको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ असहयोग गर्ने र सत्तात्यूत गर्ने भन्दै राजिनामा दिने निर्णय लिएका थियो । राजिनामा दिने भनेर सूची भएका सबै सांसदहरूले पनि राजिनामा नदिने भएका छन । कतिपयले राजिनामा नदिने अडान लिएका छन भने कतिपयले फरक मत राखेका छन ।
अहिले संघीय संसद सचिवाल परिसरमा राजिनामा पत्र बोकेका सांसद जम्मा भएका छन । उहाँहरूले परिस्थिति हेरेर राजिमाना बुझाउने बुझिएको छ ।
प्रकाशित मिति : May 9, 2021 at 4:24 pm



