९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत

२६ वैशाख, बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गर्नुभएको हो । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उहाँले जानकारी दिनुभयो । उहाँले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गर्नुभएको छ ।

 

प्रकाशित मिति : May 9, 2021 at 2:31 pm