९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र प्रमुख स्वकीय सचिव भण्डारीलाई पुनः कोभिड पोजेटिभ

२५ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा पुनः कोभिड पोजेटिभ देखिएको छ। शनिबार आएको नतिजामा उहाँहरू दुबैमा कोभिड पोजेटिभ देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भने कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।  प्रधानमन्त्रीसहित सचिवालयका एक दर्जन व्यक्तिको स्वाब परीक्षण गरिएको थियो । थापा र भण्डारी दुबैलाई कोरोनाको पहिलो लहरमा पनि संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : May 8, 2021 at 6:52 pm