नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको निधन
२५ वैशाख, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको शनिबार निधान भएको छ । ७८ वर्षीय अधिकारीको शनिबार निधन भएको र शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । उहाँ पछिल्लो समय काठमाडौँमै रहँदै आउनुभएको थियो । अधिकारी नेपाली कांग्रेसको महासमिति र महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्यो ।
सठिया विष्णुको उपनामले समेत चिनिनुभएको अधिकारी नुवाकोटको नर्जामण्डपका हुनुहुन्छ । उहाँ १४ वर्षको उमेरदेखि राजनीतिमा लाग्नुभएको थियो । नुवाकोट कांग्रेसमा केसी र महतहरूको परिवारवाद हावी भएको भन्ने उहाँ गुटबन्दीमा कहिल्यै लाग्नुभएन । २०१३ सालमै नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य रहनुभएको अधिकारी जिवस सदस्य र सुकुम्बासी समस्या समाधान आयोग नुवाकोटको अध्यक्ष समेत हुनुभयो ।
प्रकाशित मिति : May 8, 2021 at 5:09 pm



