काेराेना सङ्क्रमणबाट पत्रकार दिनेश दाहालको निधन
२५ वैशाख, काठमाडाैँ । कोरोना सङ्क्रमणबाट पत्रकार दिनेश दाहालको निधन भएकाे छ । नेपाल पत्रकार महासंघ काठमाडाैँ शाखाका सदस्य दिनेश दाहाल लाई गएको १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएकाे थियाे । श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
१५ दिनदेखि उपचाररत दाहालको शनिबार बिहान निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।
प्रकाशित मिति : May 8, 2021 at 2:40 pm



