९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

यो सिजनको पहिलो सगरमाथा आरोहण गर्ने टोलीलाई पर्यटनमन्त्री ढकालद्धारा बधाई ज्ञापन

२४ वैशाख, काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा यो सिजनको पहिलो सगरमाथा आरोहण भएकोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बधाई ज्ञापन गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत १२ सदस्यीय टोलीलाई बधाई दिनुभएको छ ।

उहाँले बधाइ सन्देशमा भन्नुभएको छ ‘कीर्तिमानी आरोही श्री कामिरिता शेर्पाको नेतृत्वमा आज यो सिजनकै पहिलो रोप सगरमाथाको शिखरमा बेलुकी ६स्०० बजे पुग्न सफल भएको छ । म कीर्तिमानी आरोही कामिरिता शेर्पा लगायत उहाँले नेतृत्व गरेको रोप फिक्सिङ्ग टिमलाई हार्दिक बधाई दिन चाहन्छु।’

शुक्रबार साँझ ६ बजे १२ जनाको टिमले सगरमाथाको सफल आरोहण गरेको छ । योसँगै कामीरिताले २५ औँ पटक सगरमाथा आरोहणको कीर्तिमान राख्नुभएको छ । शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको पर्यटन विभागका महानिर्देशक रूद्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : May 7, 2021 at 9:52 pm