काठमाडौँ उपत्यकामा एकैदिन थपिए ४१०६ जना कोरोना संक्रमित
२४ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
प्रकाशित मिति : May 7, 2021 at 5:59 pm



