९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पछिल्लो २४ घण्टामा ९१९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

२४ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ९१९६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९०२३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको हाे ।

१९९८७ जनाको पीसीआर र ४९५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७६०३ पुगेको छ । यही अवधिमा २९०५ जना निको भएका छन् । त्यस्तै, थप ५० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : May 7, 2021 at 5:18 pm