९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

प्रधानमन्त्री ओलीद्धारा संवैधानिक परिषद् बैठक आह्वान

२४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बाेलाउनुभएकाे छ । आइतबार बस्नेगरी परिषद्का अध्यक्ष समेत रहनुभएका ओलीले बैठक बोलाउनुभएकाे हाे । बैठकले संवैधानिक आयोगहरुमा रिक्त रहेका पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । यसैगरी समावेशी आयोगले पनि पूर्णता पाउन बाँकी नै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे थियाे । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।

 

प्रकाशित मिति : May 7, 2021 at 4:15 pm