९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काेराेना संक्रमणका कारण संसद सचिवालयका उपसचिवको निधन

२४ वैशाख, काठमाडौँ । संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा कार्यरत उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनकाे स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारकाे लागि लगिएकाे । उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो ।

प्रकाशित मिति : May 7, 2021 at 1:43 pm