१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

नुवाकोट एमालेका नेता एवं जनप्रतिनिधि राधाकृष्ण भण्डारीको अल्पायुमै निधन

२४ वैशाख, नुवाकोट । नेकपा (एमाले) नुवाकोटका नेता राधाकृष्ण भण्डारीको निधन भएको छ । भण्डारीको मस्तिष्कघातबाट अल्पायुमै शुक्रबार बिहान निधन भएको उहाँको परिवारले जनाएको छ । विदुर नगरपालिका वडा नम्बर २ को वडा सदस्य समे रहनुभएको भण्डारी एमालेको विदुर नगरकमिटीको सदस्य हुनुहुन्थ्यो ।

भण्डारीको मृत्युमा एमालेका नेताहरूले दुःख प्रकट गर्नुभएको छ । एमाले नेता एवं बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, एमालेका नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशका सांसद बद्री मैनाली, एमाले नुवाकोटका सचिव काशिराज अधिकारी लगायतले भण्डारीको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : May 7, 2021 at 8:19 am