९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

ओलीलाई असफल बनाउने रणनीति सुनाउन देउवा निवास पुगे माधवकुमार नेपाल

२३ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का निलम्बित नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको नीति र कार्यक्रम असफल पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुग्नुभएको छ । बिहीबार साँझ उहाँ देउवा निवासमा पुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीलाइ जसरी हुन्छ सडकमा ल्याउने भनेर यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगमात्र सहकार्य गरिरहेका नेपाल अहिले जसपाका नेताहरू उपेन्द्र यादव र डा बाबुराम भट्टराइ तथा नेपाली कांग्रेसका नेताहरूसँग सहकार्य गरिरहनु भएको छ ।

क्रिश्चियन एजेण्ड बनेर धर्म परिवर्तन अभियान चलाएको भनेर पार्टी भित्र आलोचित बन्नुभएका नेपालको पछिल्लो प्रयास एमालेलाइ समाप्त पार्ने छ । यद्यपी नेपाल कांग्रेस र माओवादीले राजनीतिक संरक्षणको ग्यारेन्टी दिएको खण्डमा यही वैशाख २६ गते साँझ सम्ममा आफू पक्षीय सांसदहरूको राजिनामा गरेर ओलीलाइ पूर्ण असफल बनाउने भनेर लाग्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै अविस्वासको प्रस्वात ल्याएर सरकार ढाल्न देउवालाई सुझाव दिनुभएको छ । सरकार ढाल्नेक्रमा रचनात्मक ढंगले आफू निकाटका सांसदले सहयोग गर्ने कुरा नेपालले देउवालाई सुनाउनुभएको स्रोतले जनाएको छ ।

उहाँले हिजो एमाले नेताहरूसँग भेट गर्नुभएको देउवासँग हिजोको बैठको ब्रिफ्रिङ लिँदै ओलीको विरूद्धमा बनाएका योजनाबारे एक घण्टा लगाएर देउवालाइ सुनाउनु भएको बुझिएको छ ।  प्रधानमन्त्रीले यही वैशाख २७ गते विश्वासको मत लिँदै हुनुहुन्छ भने जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : May 6, 2021 at 7:55 pm