९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मनपरी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

२३ वैशाख, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ ।आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताउनुभयो ।

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौँ, काठमाडौँका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

 

 

प्रकाशित मिति : May 6, 2021 at 4:46 pm