अक्सिजन कमी भएपछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना
२२ वैशाख, काठमाडाैँ । अक्सिजन कमी भएपछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना हुनुभएको छ । श्रेष्ठलाई बुधबार पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ । आठ दिन अस्पतालमा उपचारपछि गत आइतबार मात्रै श्रेष्ठ घर फर्किनुभएको थियो ।
श्रेष्ठको अक्सिजन लेवल कम भएपछि चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको हो । उहाँको अक्सिजन लेवल ८४ मा झरेको परिवारले जनाएको छ । श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन समेत देखिएको चिकित्सकले बताएका छन । श्रेष्ठमा कोरोना संकमण पनि रहेको छ । उहाँको परिवारका सदस्य समेत सक्रमित हुनुहुन्छ । उहाँहरू भने घरमै होम आइसोलेसनमा हुनुहुन्छ । वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति : May 5, 2021 at 6:31 pm



