९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो

२२ वैशाख, काठमाडाैँ । काेराेना संक्रमित  पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ । कोरोना संक्रमित पूर्वरानी शाह १२ दिनअघि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारका लागि  भर्ना हुनु भएकाे थियाे । शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उहाँकाे आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर  रहेकाे अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति : May 5, 2021 at 6:11 pm