पछिल्लो २४ घण्टामा ८६५९ मा काेराेना संक्रमण, ५८ जनाको मृत्यु
२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : May 5, 2021 at 4:29 pm



