राष्ट्रपति भण्डारीद्धारा रेल्वे अध्यादेश जारी
२२ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले बुधवार नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम मन्त्रिपरिषद्काे सिफारिसमा रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएकाे हाे ।
जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो । यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो।
प्रकाशित मिति : May 5, 2021 at 2:47 pm



