९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पौडी खेल्न गएका सतिश अधिकारीको मादी नदीमा डुबेर मृत्यु

२२ वैशाख, काठमाडाैँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 5, 2021 at 9:16 am